मातहतका कर्मचारीलाई कामको गति बढाउन कृषि मन्त्रीको निर्देशन

काठमाडौं ः  कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मातहतका कर्मचारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । मन्त्रालय मातहतको योजना तथा विकास सहायता समन्यय महाशाखाको प्रथम चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले हरेक निकायलाई परिचालन गरेर कामको गति बढाउन निर्देशन दिनुभएको हो । प्रथम चौमासिक प्रगति विवरण सोचेअनुसार हुन नसकेको भन्दै मन्त्री खनालले कर्मचारीलाई तर्कभन्दा परिणाममा ध्यान दिन आग्रह गर्नुभयो । 
 

तपाईंको मत