पेशागत हित र स्वाभिमान रक्षाका लागि स्थानीय तह ट्रेड युनियन को दोस्रो चरणको आन्दोलन जारि,,, आज देशभरका स्थानीय तह पाँच घण्टा ठप्प हुने

काठमाडौं /  पेशागत हित र स्वाभिमान रक्षाका लागि  स्थानीय तह ट्रेड युनियन     को     दोस्रो चरणको आन्दोलन आज पनि जारि छ  ।  युनियनले ३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको हो । आन्दोलनरत कर्मचारीले आज  पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएका छन् । सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि हेरेर दिन बढाउँदै लगेका छन् । यस क्रममा आज  पाँच घण्टा धर्ना जारी रहने बताएका छन्। जनप्रतिनिधिहरुको समेत समर्थन रहेको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने आन्दोलनकारी कर्मचारीले को भनाई छ  । यसैबिच आदिवासी जनजाति समुदायले सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय फिर्ता गर्न सरकारलाई दबाब दिँदै राजधानीमा प्रर्दशन गरेका छन् । माघे संक्रान्ति अर्थात माघी, ल्होसार, उद्यौली र उभौली जस्ता प्रमुख चाडर्वमा २०६२ र ६३ को परिर्वतनपश्चात एक÷एक दिन पाइँदै आएको सार्वजनिक बिदालाई सरकारले खारेज गरेपछि आदिवासी जनजाति समुदायले त्यसको विरोध गर्दे आएका हुन् ।  आदिवासी जनजातिहरुले सबै समुदायको सम्मान गर्न पनि सरकारले सांस्कृतिक चाडपर्वहरुमा सार्वजनिक बिदा दिनैपर्ने तर्क गर्दै आन्दोलन जारी राखेका छन् ।

तपाईंको मत