ट्रेल रेसमा सहभागि हुन सिर्जना हङकङ जाने

काठमाडौं । गोर्खा ट्रेल ब्लेजर ट्रेल रेस प्रतियोतिगामा नेपाली धाविका सिर्जना राईले सहभागिता जनाउने भएकी छिन् । हङकङमा हुने प्रतियोगिताका लागि शंखुवासभाकी सिर्जना बिहीबार त्यसतर्फ जाने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 

 

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा शनिबार हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् 

 

सिर्जनालाई साथ दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा हङकङ जाँदैछन् । टोलीलाई राखेपका सदस्यसचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा विदाई गरे । 

 

विदाईका क्रममा सदस्यसचिव विष्टले खेलाडीलाई सफलताको सुभकामना व्यक्त गरे । अन्तर्राष्ट्रिय ट्रेल तथा अल्ट्रा रेसमा नेपाली खेलाडीहरुले उल्लेख्य सफलता हासिल गरेको इतिहास सम्झँदै सदस्यसचिव विष्टले सिर्जना पनि उपाधिसहित फर्किने विश्वास व्यक्त गरे ।

तपाईंको मत