वामगठबन्धन र पहिचानको भविष्य

श्रीप्रसाद जबेगु
समग्र मानवजातिको हितको लागि आफ्नो सर्वस्व गुमाउने संसारका विभूतिहरुमध्ये माक्र्स, एङगेल्स तथा लेनिनले राजनैतिक क्षेत्रमा समाज परिवर्तन गर्ने एक अजेय विज्ञानको अविस्कार गरे । त्यहीं समाज विज्ञानको आधारमा यतिबेला मानव समाज, इतिहास र जीवन अगाडि बढिरहेको छ । महान व्यक्तिहरुद्धारा सृजित माक्र्सवाद, लेनिनवाद र माओवादले मजदुर र काम गरिखाने समुदायको क्रान्तिकारी संघर्ष तथा राष्ट्रिय मुक्ति आन्दोलनहरुमा खडकिएका समस्याहरुको जवाफ त दिइरहेका छन् नै । यो विज्ञानले सारा मानिसहरुको लागि चिन्तित तुल्याउने जल्दाबल्द       समस्याहरुका साथै भुत वर्तमान र भविष्यसँग महत्व राख्ने समाधानहरुको उपायहरु समेत प्रदान गरिरहेका हुन्छन् ।

यो तथ्यहरुको विभिन्न आयामहरुको बलले संसारमा भएको जनसंख्याको आधाभन्दा ज्यादा मानिसहरुको हिस्सा यहीं विज्ञान अन्तर्गतका दर्शन, राजनीतिक संगठन, विचारधारा र अर्थशास्त्रिय प्रणालीमा आवद्ध भएको देखिन्छ । माक्र्सले आफ्नो अध्यायन, अनुभव र भोगाइबाट प्राप्त गरेका विचारधारालाई मजदुर आन्दोलनसँग जोडेर दार्शनिक र साँगठानिक रुपमा व्यक्त गरेपछि मानव समाजलाई राजनैतिक क्रान्तिकारी हतियार प्राप्त भयो । विचार दर्शन र संगठनको खोज र अनुसन्धान गर्ने सन्दर्भमा माक्र्स र एङगेल्सले सन १८४६ मा कम्युनिष्ट संवाद समितिको गठन ब्रसेल्समा गरेका थिए । त्यो नै कम्यनिष्ट पार्टीको पहिलो र अधिकारिक संगठन हो र थियो ।

संसारकै निम्ति यो समितिले क्रान्तिकारी बहस छलफल गर्नथाल्यो । अन्तःत यो समिति प्रगतिशील विचारहरु आदान प्रदान गर्ने थलो बन्यो । समितिले आफ्नो स्थापनापछि माक्र्स र एङगेल्सको पहलमा बेलायती चार्टिष्टहरुसँग र लण्डनमा अवस्थित न्यायप्रिय सँघका नेतृत्वसँग बहस छलफल ग¥योभने, विभिन्न क्षेत्रमा रहेका थुप्रै प्रगतिशील व्यत्तित्वहरुसँग सम्बन्ध विस्तार गर्न यो समितिले ठूलो भुमिका खेल्यो । सन १८४७ मा यहीं संवाद समितिको विकसित रुपमा कम्युनिष्ट सँघ स्थापना भएको थियो । संसारमा रहेका आजसम्मका सबै कम्युनिष्ट पार्टीहरु संवाद समितिकै विकसित तथा विस्तारीत रुपहरु हुन् ।

कम्युनिष्ट सँघको सशक्त र क्रान्तिकारी गतिविधीका परिणाम स्वरुप सन १८४८ मा भएको यो सँघको दोश्रो महाधिवेशनमा कम्युनिष्ट घोषणा पत्र आयो । माक्र्सद्धारा लेखिएको यो घोषणा पत्र नै सर्वहारावर्गको निम्ति समाज विज्ञान बन्यो । लिखित दर्शन बन्यो र यो विज्ञानलाई प्रयोग र प्रमाणित गर्दै जाने सन्दर्भमा रुस चिन लगायत संसारका थुप्रै देशहरुले उन्मूक्ति पायो । यहीं विज्ञानलाई प्रयोगमा ल्याउने उदेश्यले नेपालमा पनि कम्युनिष्ट पार्टीको जन्म भयो । यसले गरेका संघर्षको बलले केहि हदसम्म समाज रुपान्तरण समेत भयो । नेपालमा भएका आजसम्मका जुन जुन राजनीतिक उपलब्धिहरु छन्, ती सबै कम्युनिष्ट विचारधाराबाटै भएको हो, अर्थात माकर््सवाद, लेनिनवाद र माओवाद नामक समाज विज्ञानद्धारा नै सम्भव भएको हो । तर जुन स्तरमा नेपाली समाज रुपान्तरण हुनुपथ्र्यो, त्यो उचाइमा रुपान्तरण हुन अझै बाँकी छ ।

नेपाल कम्युनिष्ट पार्टीका चारजना संस्थापक सदस्यहरु जिउँदो छैनन् । तथापी एकताका यो देशकै ठूलो कम्युनिष्ट घटकका नेता मोहनविक्रमसिंदेखि झापा आन्दोलनका नेतासम्म र जनयुद्धका सर्वोच्च कमाण्डर कं प्रचण्डदेखि वरिष्ट नेतासम्म अहिले पनि प्रभावकारी नेतृत्वको भूमिकामा छन् । अहिले पनि नेपाल कम्युनिष्ट आन्दोलन यिनै नेतृत्व ( मूलःत कं प्रचण्ड ) को वरिपरि घुमिरहेको छ ।

प्रत्येक नेताहरुले माक्र्सवादका आधारभूत तत्व निरन्तर क्रान्ति, वर्गसंघर्ष र बलप्रयोगको शिद्धान्तलाई जाने बुझेका मात्र छैनन्, हाम्रो मुलुकको सापेक्षतामा यसको प्रयोग रक्षा विकास पनि गरेका छन् । अध्यायन र लगानीको दृष्टिले अनुपम छन् । व्यक्तित्व र पहुँचको कोणबाट वृहस्पति समान छन् । कम्युनिष्ट विचारधारालाई मन पराउँने हामीजस्ता कार्यकर्ताहरुलाई यिनै नेतृत्वले प्रशिक्षित गराउँदै आए र तिनै प्रशिक्षणहरुको बलमा आजसम्म प्रतिवद्ध छौं ।

महान नेतृत्वले दिएको प्रशिक्षण अनुसार नै हामी कार्यकर्ताहरुले पनि अरुलाई प्रशिक्षित र संगठित गराउँदै आएका छौं । तर हिजआज नेतृत्वहरु सबैको एउटै भाषा छ । मुलुकको समृद्धि र विकास अनि स्थाईशान्ति । शिद्धान्त सरल हुन्छभने व्यवहार बिटुलो हुन्छ भने झैं कम्युनिष्ट दर्शनमा समाज परिवर्तनबारे जसरी लेखिएको र भनिएको हुन्छ । भूगोल, क्षेत्र र देशको आ–आफ्नो विशेषता र सापेक्षताको कारण हाम्रो देशमा कम्युनिष्ट दर्शनमा लेखिए भनिए अनुसार समाज रुपान्तरण भएको नदेखिंदा वैचारिक स्खलन भएको हो वा के हुन खोज्दैछ भन्ने थुप्रै भ्रम र आशंकाहरु यतिखेर पैदा भएका छन् ।

अझ वामगठबन्धनपछि पार्टी एकीकरणसम्म आईपुग्दा वर्गीयनिष्ठा लगायत पहिचान र सामाथ्र्यको मुद्धाहरु अब के हुने हो ? भन्ने चिन्ता पनि उतिकै छ । वामगठबन्धनको चुनावी घोषणा पत्र तयार पार्नेक्रममा सामान्य रुपले विचारको ब र पहिचानको प सम्म उच्चारण भएको छैन । दुईतिहाइ बहुमत प्राप्त भएको खण्डमा संसदीय व्यवस्था रहेको मौजुदा संविधानलाई शंसोधन गरि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रि हुने की नहुने ? राज्यका सबै संरचनाहरु संघीयढाँचामा गई सकेतापनि न्यायप्रणाली एकात्मक ढाचामै रहेकोले पूनर्सरचना गर्ने की नगर्ने ? यस्ता विषयहरु प्रष्ट नहुँदा आशंकाहरुले थप बल पाईरहेको हुन सक्दछ । आम जनसमुदाय तरंगीत हुनु स्वभाविक छ र यी विभिन्न विषयमा चिन्ता, चासो र छलफल हुन पनि आवश्यक छ ।

वर्तमान आवश्यकता, तत्कालीन परिस्थिति र हाम्रो परिवेशमा मुलुकको समृद्धि र विकास अनि स्थाईशान्तिको चाहना सान्दर्भिक होला तर बलप्रयोगको शिद्धान्त, निरन्तर क्रान्ति र वर्गसंघर्ष जस्ता माक्र्सवादका आधारभूत शिद्धान्तसँग नेतृत्वहरुको समृद्धि, विकास र स्थाईशान्तिको विशुद्ध नारा, कहाँनेर मेल खाने हो ? प्रष्ट हुन बाँकी छ । पूंजीवादी समाजको समूल नष्टपछि समाजवादी समाजमा हेलिनु पर्नेमा हाम्रो देशमा त गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समानुपातिक समावेशी जस्ता पूंजीवादी कार्यक्रमहरु भरखर मात्र लागु हुने क्रममा छ । नेताहरु भने विशुद्ध समृद्धिमा केन्द्रित भएका देखिन्छन् । समृद्धिले हाम्रो देशमा एकहदसम्म अन्तरविरोधहरुको हल गर्न त सक्ला तर आज विकशित मुलुकहरुमा द्धन्द र संघर्ष रोकिएको छैन ।

सिरिया ईजिप्ट जस्ता देशहरुमा भईरहेको लढाईं झगडाहरु के विकास निर्माण र समृद्धिकै अभावले भईरहेका हुन वा यसका अरु नै कारणहरु छन् त ? कम्युनिष्टहरुको दृष्टिकोणमा यसलाई कसरी हेर्नुपर्ने हो ? अर्कोतिर संसारमा यतिखेर मुश्लिम संगठन टाउको दुखाइ भएको छ । यसलाई आतंकवादी भनेरमात्र पन्छिन मिल्दैन । मुश्लिम संगठनले गरेका ध्वंसात्मक गतिविधी वाहेक धेरै कुरा पहिचानको माग र आन्दोलनसँग मेल खाएको देखिन्छ । सबै पार्टीहरुको एउटै भाषा समृद्धि र स्थाईशान्तिको कुरा सुन्दा अब वर्गसंघर्ष समाप्त भएर पहिचानको संघर्ष सुरु भएको भान हुन सक्दछ र कसैलाई त्यस्तो लाग्न पनि सक्छ । त्यो माक्र्सवाद लेनिनवाद र माओवाद जस्ता समाज विज्ञान सम्मत बुझाइ होईन । किनभने प्रत्येक संघर्षहरुको अन्त्य गर्न सकिन्छ तर वर्गसंघर्ष त्यो बेलासम्म रहन्छ, जुनबेलासम्म सिङगो संसार वैज्ञानिक साम्यवादमा पुगीसकेको हुदैन ।

हाम्रो देशको विशेषतामा अहिलेको चरणलाई समावेशी, समानुसपातिक र सहभागितामुलक लोकतन्त्र वाहेक अर्को कल्पना पनि गर्न सकिदैन । यो आफैमा मतदातामा प्रत्याव्हानको अधिकार नभएको प्रतिनीधिमुलक लोकतन्त्र पनि हो । प्रतिनीधिमुलक लोकतन्त्रमा जनताले आफ्नो प्रतिनीधिलाई ५ वर्षको लागि चुनेर पठाएको हुन्छ । ५ वर्षसम्म त्यो प्रतिनीधिले के ग¥यो ? ठिक काम ग¥यो की गरेन ? भन्ने कुरामा लगाम लगाउँने कुनै हैसियत मतदातामा नहँुदा आफुले चुनेर पठाएको प्रतिनिधि जनताबाट कटेको खण्डमा सडक संघर्ष अनिवार्य हुन आउँदछ । त्यसैले संघर्ष आन्दोलन कसैको ईच्छा र चाहनाले हुदैन । यो त आफुले चुनेर पठाएको प्रतिनिधिको विवेक र ईमान्दारीमा भर पर्ने भएकोले स्थाईशान्ति हुन्छ वा हुदैन भन्ने कुरा जनादेश लिएर जाने प्रतिनिधिहरुको व्यवहारले नै निर्धारण गर्दछ ।

विचार, दर्शन र नीति मिल्ने राजनीतिक पार्टीहरुहरु एकीकरण हुन आपैmमा नराम्रो होईन । एकीकरण हुनु भनेको कुनै एक पार्टीको अर्कोमा विलय नभएर रुपान्तरण पनि हो । वास्तविक रुपान्तरण हुँदा एकता भएका पार्टीहरुको मार्गनिर्देशक शिद्धान्तमा विकास भएको हुन्छ । तर एकिकरणको नाममा विचारको सुन्यता र दशवर्षे महान जनयुद्धले उठान गरेको पहिचान लगायतका अन्य मुद्धाहरु समाप्त भयोभने, हाम्रो मुलुक फेरिपनि ग्रीक मिथकमा रहेको फिनिक्स चरा जस्तो हुन बेर लाग्दैन ।

कम्युनिष्टहरुले अहिले भन्ने गरेका समृद्धि र विकास शैद्धान्तिक दृष्टिकोणले कार्यनीति नभएर साँच्चि नै रणनीति होभने काँग्रेश लगायत अरु पार्टीभन्दा भिन्न दर्शन ऊसँग हँुदैन । कम्युनिष्ट पार्टी पनि समृद्धिको दोकानमा परिणत हुन्छ । ग्राहकले ईच्छाएको जुनसुकै दोकानबाट आफुलाई चाहिएको सामान खरिद गरेपनि हुन्छ भने झैं अब जनताले काँग्रेशमा गएर समृद्धि पुरा गरेपनि हुने र कम्युनिष्टमा रहेर समृद्धि पुरा गरेपनि केहि फरक नपर्ने स्थिति आउँन सक्दछ ।

हतियारवद्ध होस चाहे त्यो शान्तिपूर्ण नै किन नहोस् नेपालमा भएका कम्युनिष्ट आन्दोलनका मूर्धन्य नेतृत्वबाट यसको ब्याख्या नआउनु विडम्बना भएको छ । यो शैद्धान्तिक ब्याख्याको अभाव र नेतृत्वको एकहोरो अहिलेको भाषाले माक्र्सवाद, लेनिनवाद र माओवादको अन्तरवस्तुबीच थुप्रै अन्योलहरुको चाङ लागेको छ । सडकमा रहेका राजनीतिक दलहरुलाई यो अकर्मण्य र अन्योलताले मलजल पुगेको छ ।

शैद्धान्तिक बैचारिक व्याख्याको अभाव लामोकालसम्म रहेमा अहिले संसदमा रहेका कम्युनिष्टहरुलाई पूंजीवादीहरुले आरोप लगाए जस्तै साँच्चै एकाद्ध व्यक्तिहरु सत्ता र सरकारमा आउँन मात्रै युद्ध, संघर्ष र आन्दोलन गरेका हुन् ? भन्ने प्रश्न स्थापीत भएर जाने खतरा उतिकै छ । यो परिस्थिति आउन नदिनको निम्ति नेतृत्वबाट चाँडै अहिलेको विकसित सन्दर्भ र अवस्थाबारे विशद व्याख्या सहितको दृष्टिकोण आउँन जरुर छ । यसको लागि आ–आफ्नै तह र तप्काबाट छलफल बहस अनिवार्य भईसकेको छ ।
(जबेगु नेकपा माओवादी केन्द्रका  पोलिट व्युरो सदस्य तथा पुर्व साम्सद हुन्)

तपाईंको मत