अध्ययनको लागि समय व्यवस्थापन

खोजखबर

विद्यार्थी जीवन सबैभन्दा बढी चुनौतीपूर्ण, विरोधाभासले भरिएको र जोखिमपूर्ण हुन्छ भने त्यहीं बढी सम्भावनाले पनि परिपूर्ण हुन्छ । विद्यार्थीहरूमा ऊर्जाको कमी हुँदैन । उनीहरूको मस्तिष्क कल्पनाको क्षितिजमा भौंतारिइरहेको हुन्छ । उनीहरूलाई के लाग्दछ भने जे पनि गर्न सक्ने क्षमता उनीहरूसँग छ । यहींनिर सावधानी र समय व्यवस्थापनको आवश्यकता पर्दछ । समय व्यवस्थापनको वास्तविक अर्थ के हो भने तपाईं जुन पनि काम गर्नुहोस् त्यो यसरी गर्नुहोस् कि तपाईंलाई त्यस बाहेक अरू केही नदेखियोस् । विद्यार्थीहरूका लागि वर्तमान समय मोबाइल, इन्टरनेट, टेलिभिजन र खेलकुदमा मात्र व्यतीत गर्न नभई भविष्यका लागि अति आवश्यक पढाइ गर्नका लागि हो । हरेक काम गर्ने एउटा वैज्ञानिक तरिका हुन्छ । जुन बखत हामी यो कुरो बुझ्छौंं त्यसै बेलादेखि परिवर्तनको थालनी हुन्छ । समय व्यवस्थापनले हामीलाई गर्ने काम कम परिश्रम, कम लागत र थोरै समयमा कसरी सम्भव हुन्छ भन्ने सिकाउँछ । समय व्यवस्थापनले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न सिकाउँछ । उपनिषद्मा के भनिएको छ भने तपाईं त्यही बन्नुहुन्छ जसमा तपाईंको गहिरो आकाङ्क्षा हुन्छ । यहाँ ध्यान दिनुपर्ने कुरो मात्र आकाङ्क्षा होइन ‘गहिरो आकाङ्क्षा’ हो तर प्रायः विद्यार्थीहरूमा बुझाइको कमीले गर्दा आकाङ्क्षा त हुन्छ तर गहिरो हुँदैन ।
    धेरैजसो विद्यार्थीहरूको बानी के हुन्छ भने उनीहरू घडीको ठूलो सङ्ख्याबाट सम्मोहित हुन्छन् । घडीको ठूलो सङ्ख्या भन्नाले एक, दुई, तीन, चार आदि । उदाहरणका लागि महेशले दिउँसो तीन बजेदेखि पढने विचार गरेको छ तर तीन बज्नुभन्दा पाँच मिनेट पहिले उसको साथी रमेश उसलाई भेंट्न आउँछ । जुनबेला रमेश उसलाई भेटेर फर्किन्छ, घडीमा ३ः१० भएको थियो । घडी हेरेर महेशले साढे तीन बजेदेखि पढने निर्णय ग¥यो । अर्थात् आधा घण्टा व्यर्थ गयो । साथी गएलगत्तै ऊ पढ्न सक्थ्यो । एउटा अर्को स्थिति अनसार महेशलाई तीन बजेदेखि पढ्नु छ तर गरिरहेको कामबाट ऊ पौने तीन बजे नै मुक्त भइहाल्छ । उसलाई पढाइ शुरु गर्ने इच्छा भइरहेको छ तर उसले तीन बजेदेखि पढने विचार गरेकोले पढन शुरु गर्दैन । तीन बज्नासाथ उसलाई अमुक काम तुरुन्त गर्ने ख्याल आउँछ जसले गर्दा तोकेको समयमा उसले पढाइ शुरु गर्न सकेन । विस्तारै समय व्यतीत हुँदै जान्छ र ऊ साढे तीन बजे मात्र पढाइ शुरु गर्छ । एउटा तेस्रो स्थिति अनुसार महेशलाई पाँच बजेसम्म पढनु छ । ५ बज्नुभन्दा १० मिनेट पहिले नै उसको काम पूरा हुन्छ र यसले त्यही बेला पढाइ बन्द गर्छ तर यदि त्यही काम ५ बजेसम्म पूरा नभएको भए पढन चाहिं छाड्थ्यो ।
    यी तीनवटै स्थिति प्रस्तुत गर्नुको अर्थ के हो भने विद्यार्थीहरूले एउटा समय निर्धा्रित गरेर पढनुपर्छ र त्यस समयलाई आप्mनो वशमा राख्नुपर्छ, त्यसकै गुलाम भने बन्नुहुँदैन । यदि आकाङ्क्षा छ र सबैकाम भइसकेको छ भने केही पहिलेदेखि पनि पढाइ शुरु गर्न सकिन्छ र यदि पाठ पूरा भएको छैन भने निर्धा्रित समयमा केही फेरबदल पनि गर्न सकिन्छ । यसैगरी यदि निर्धा्रित समयभन्दा अलि ढिलो भए पनि झन् ढिलो नगरी पढाइ शुरु गरिहाल्नुपर्छ । विद्यार्थीहरूले ३ घण्टा वा ५ घण्टा पढछुबाहेक निर्धा्रित समयमा फलानो पाठ पूरा गरेर मात्र उठछु भन्ने पनि तय गर्नुपर्छ अर्थात् समय सँगसँगै अध्ययनको उचित मात्रा पनि तय गर्नुपर्छ । यसरी विद्यार्थीहरू समयानुसार हिंड्न सक्छन् र त्यसको गुलाम पनि बन्दैनन् साथै पढाइको बोझ पनि कम हुन्छ ।
    कुन बेला पढनुपर्छ भन्ने प्रश्नमाथि जहिले पनि चर्चा हुने गरेको छ । प्रायः हरेकले पढाइको लागि बिहानको समय उपयुक्त हुन्छ भन्ने गरेका छन् । यो कुरो सही पनि हो किनभने यसबाट दिनको प्रारम्भ राम्ररी हुनुको साथै विद्यार्थीहरू दिनभरि परिश्रम गर्न प्रेरित हुन्छन् र अन्य कार्र्यको लागि पनि अतिरिक्त समय प्राप्त हुन्छ । बिहान कुनै कामसम्बन्धी बाधा हुँदैन किनभने बजार, विद्यालय वा कार्यालय निश्चित समयमा मात्र खुल्छ । पढाइमा बाधा उत्पन्न गर्ने टेलिभिजन र मोबाइलले पनि विद्यार्थीहरूको ध्यान आपूmतिर बिहानको बेला आकर्षित गर्दैनन् । बिहानको बेला मस्तिष्क ताजा हुने हुँदा कुनै पाठ पढदा छिट्टै याद हुन्छ । राम्ररी पढनको लागि तन–मन स्वस्थ हुनुपर्छ । यसको लागि नियमित व्यायाम गर्नु आवश्यक हुन्छ । व्यायाम बिहान अलि छिटो जागेपछि मात्र सम्भव हुन्छ । यस कारण बिहान उठनु हरेक प्रकारले लाभदायक हुन्छ ।
    ध्यान दिनुपर्ने कुरो के हो भने बिहानको समयको पूर्ण लाभ लिनुपर्छ । प्रायः के देखिएको छ भने बिहान उठेर जसले छिट्टै कामको थालनी गर्दैन उनीहरूको दिनभरिको कार्य पनि सुस्त गतिले हिंडछ । अब प्रश्न के उठ्छ भने यदि पढाइको लागि बिहानको समय उपयुक्त हो भने के राति पढनु उपयुक्त होइन ? यस प्रश्नको जवाफ के हो भने यो सही होइन । यो प्रत्येक विद्यार्थीको स्वभावमाथि निर्भर हुन्छ । बिहानको समय पढाइको लागि सर्वश्रेष्ठ हो तर अन्य समय उपयुक्त होइन भन्ने होइन । धेरै यस्ता विद्यार्थीहरू छन् जो शान्त रात्रिमा मात्र एकाग्रता कायम राख्न सक्छन् । भारतीय सङ्गीतकार ए. आर. रहमानले एउटा अन्तर्वार्तामा के भनेका थिए भने उनी दिनमा गीतको धुन तयार गर्न सक्दैनन् । यसको लागि उनले रातिको प्रतीक्षा गर्छन् । अर्थात् यदि विद्यार्थीहरूले राति पढन रुचाउँछन् भने यसमा केही गलत छैन तर ध्यान के राख्नुपर्छ भने जीउले अनुमति दिएसम्म मात्र पढनुपर्छ । कफी वा चियाको सहयोगले जागिरहने कोशिश गर्नु सही होइन, किनभने निदाउनु पनि त्यत्तिकै आवश्यक हुन्छ । यस कारण पढ्नको लागि विद्यार्थीहरूले आआप्mनो सुविधा अनुसार बिहान, दिउँसो, बेलुका वा रातिको कुनै प्रहर उपयोग गर्न सक्छन् तर राम्ररी सुत्ने कुरा पनि बिर्सनुहुँदैन ।
    नियम र सिद्धान्तमा जे कुरो भनिए तापनि व्यवहारमा लागू गर्दा तोकिएको समयमा काम पूरा हुँदैन । काम पूरा गर्न १५ मिनेटदेखि एक घण्टा बढी समय लाग्न सक्छ जसले गर्दा हाम्रो नियमिततामा उतारचढाव हुन सक्छ । हुन सक्छ हामीलाई केही काम छोडनु परोस् । धेरैजसो विद्यार्थीहरूको बानी के हुन्छ भने समय कम भए तापनि उनीहरू टेलिभिजन हेर्न वा खेल्न छाडदैनन् । यस प्रकारको व्यवधानबाट बच्नको लागि दैनिक कार्यतालिकामा कम्तीमा एक घण्टा सुरक्षित राख्नुपर्छ । सुरक्षित समय दिनको मध्यमा वा अन्त्यमा राख्नुपर्छ । समयमा काम पूरा हुन नसकेको अवस्थामा यस सुरक्षित समयको उपयोग गर्न सकिन्छ । सुरक्षित समयमा गर्नका लागि कुनै काम नरहेको खण्डमा पहिलो आलेखमा उल्लेखित बुँदा नं. ४ को कार्र्य ‘न आवश्यक, न महत्वपूर्ण’ काम पनि गर्न सकिन्छ । यसरी सुरक्षित समयले विद्यार्थीहरूलाई सघाउ पु¥याउँछ भने तनावग्रस्त पनि हुन दिंदैन ।
    समय व्यवस्थापन गरिसकेपछि त्यसमाथि नियमित निगरानी वा त्यसको मूल्याङ्कन गर्न विद्यार्थीहरूले डायरी, रजिस्टर वा चार्ट प्रयोग गर्नुपर्छ र त्यसमा नियमित पढाइको सूची अनिवार्य खेल्नुपर्छ । यसको लागि विद्यार्थीहरूले डायरी, रजिस्टर वा चार्टमा पाँचवटा कोठा बनाउनुपर्छ । पहिलो कोठामा मिति र कोष्ठमा ए.एम. वा पि.एम. लेख्नुपर्छ । दोस्रो कोठामा पढाइ प्रारम्भ गर्ने समय र तेस्रोमा पढाइ सकिने समय लेख्नुपर्छ । चौथो कोठाामा कति बेर पढियो त्यो पूरा अवधि लेख्नुपर्छ र अन्तिम कोठामा कामको पूरा बेहोरा अर्थात् कुन विषयको कुन पाठको कुन भाग याद भयो वा अभ्यास गरियो सो लेख्नुपर्छ । अल्छीपनाबाट बच्न रजिस्टर वा चार्टमा बेहोरा जनाउनका लागि साँझ वा अर्को दिनको प्रतीक्षा नगरी काम खत्म हुनासाथ लेख्नुपर्छ । यसरी समय व्यवस्थापन अनुसार पढदा विद्यार्थीहरूलाई कति पढाइ गरेको वा कति पाठ सकिसकेको कुरा सजलै थाहा हुन्छ र उनीहरूको इच्छाशक्ति र पढने समयमा पनि वृद्धि हुन्छ ।
    यसबाट के पनि थाहा हुन्छ भने विद्यार्थीहरूको बढी समय पढाइमा व्यतीत भइरहेको छ वा अन्य काममा । यसबाट विद्यार्थीहरू पढाइको लागि बढी समय खर्चिन स्वप्रेरित पनि हुन्छन् । यस प्रकार पढाइको नियमित मूल्याङ्कनले पढाइ व्यवस्थित, पढ्ने समयमा वृद्धि र आत्मविश्वासमा बढोत्तरी हुन्छ । विद्यार्थीहरूले कुन विषय कतिपटक पढेको छ भन्नेकुरा थाहा हुन्छ  । यस कारण समय व्यवस्थापन गर्नुपूर्व मनको व्यवस्थापन गर्नु आवश्यक मानिएको छ । मनलाई व्यवस्थित गर्न सकियो भने समय दोब्बर गर्न सकिन्छ । यसो गरेर विद्यार्थीहरूले पाँच घण्टा मात्र पढेर चाहे जस्तो उपलब्धि हासिल गर्न सक्छन् नत्र पन्ध्र घण्टा पढेर पनि उपलब्धि हासिल हुँदैन ।

तपाईंको मत