‘असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने’

चैत /  नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहँुच पुग्ने बताउनुभएको छ ।  लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको उद्घाटन गर्दै उहाँले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरु लागिपरेको बताउनुभयो । “असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भन्नुभयो, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैंकबाटै हुन्छ ।”

विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्र बैंकले लिएको उहाँको भनाइ थियो ।

सिभिल बैंकले ५९ औँ शाखाका रुपमा बँेसीशहरमा शाखा विस्तार गरेको हो ।

तपाईंको मत