सुनको भाउ बढ्यो

बैशाख ६ / सुनको भाउ आज फेरि बढेको छ । बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेर सुन ५९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन ५९ हजारमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता संखुवासभामा भने छापावाला सुन ६१ हजार , तेजाबी सुन ६० हजार ७ सय र चादी ९ सय ६५ रुपैयामा कारोबार भैरहेको नेपाल सुनचांदी ब्याबसाही संघ संखुवासभाले जनाएको छ ।

 

 

तपाईंको मत