आज सुनको भाउ घट्यो

वैशाख ७ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो तोलामा ३ सय रुपैयाँ बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 
यता संखुवासभामा भने छापावाला सुन ६१ हजार २ सय , तेजाबी सुन ६० हजार ९ सय र चाँदी ९ सय ९५ रुपैयामा कारोबार भैरहेको सुनचाँदी ब्यबसायी संघ संखुवासभाले जनाएको छ । 

तपाईंको मत