राजपा नेता कर्ण भन्छन,- ओली नेतृत्व सरकार बदनाम हुँदै गएको छ, हाम्रो समर्थन फिर्ता हुन सक्छ

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले आशा गरिएअनुसार सरकारले काम नगरेपनि समर्थन भने कायमै राखिने बताएका हुन् ।

पाँच वर्षका लागि समर्थन नगरिएको स्पष्ट पार्दै कर्णले आफूहरु सरकारलाई सफल पार्नका लागि प्रतिवद्ध रहेको बताए । तर सरकार आफ्नै कामले असफल हुन सक्नेप्रति कर्णले चिन्ता व्यक्त गरेका छन् ।

हामी त सहयोग नै गर्छौँ । सफल होस् । तर सरकारको कुनै पनि काम सफलतातिर गएको देखिएको छैन ।” कर्णले भने ।

सरकार हरेक दिन बदनाम हुँदै गएको जिकिर गर्दै कर्णले अहिलेको सरकाले लोकतान्त्रिक पद्धतिलाई छाड्दै गएको आरोप लगाए ।

आफूहरुले अघि सारेका माग पूरा नभएसम्म सरकारमा सहभागि नहुने अडान कायमै रहेको कर्णले बताए । जनतासँग बाचा गरेका काम पूरा भएपछि मात्रै राजपा सरकारमा जाने बताउँदै कर्णले संविधान संशोधन र आन्दोलनमा सहभागि नेताहरुलाई लगाइएको झुटा मुद्धा फिर्ता हुनुपर्ने बताए ।

धनकुटा खबर बाट

तपाईंको मत