रुसी हस्तक्षेपबारे सबै प्रश्नको जवाफ सजिलोसँग दिएको ट्रम्पको भनाइ

एजेन्सी  मंसिर १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नको जवाफ दिएको बताउनुभएको छ । यस आरोपको अनुसन्धान रोबर्ट मुलर नेतृत्वको टोलीले गरिरहेको छ ।  ट्रम्पलाई राष्ट्रपतिको चुनावी अभियानमा उहाँको समूह र मस्कोबीच साँठगाँठ भएको आरोप लागेको छ । उक्त आरोप उहाँले अस्वीकार गर्दै अउनुभएको छ  ।  सेसन्सको स्थानमा ट्रम्पले म्याथ्यु ह्वीटकेरलाई ल्याउनुभएको छ जसले मुलर लाई बर्खास्त गर्न सक्ने वा अनुसन्धानलाई रोक्न सक्ने अनुमान गरिएको छ ।

तपाईंको मत