सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत् आज भएको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब विजयी

काठमाडौं  मंसिर १ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत् आज भएको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा मनाङका अन्जनले ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गर्नुभएको थियो  ।  जितसँगै मनाङ दुई खेलबाट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट एनआरटीको १ अंक छ । 

तपाईंको मत