आज देखि राष्ट्रिय परिचयपत्र वितरण गरिने

फिदिम  मंसिर ३ : आज देखि राष्ट्रिय परिचयपत्र वितरण  कार्य शुरु हुने भएको छ ।  नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।   असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको पाँचथर जिल्लामा आज राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिनुभयो  ।   राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गतेसम्ममा ५० हजार ९७४ को नेपाली नागरिकको विवरण संकलन भइसकेको विभागका महानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।  पाँचथरका छ वटा स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य पूरा भइसकेको छ । सरकारले आगामी तीन वर्ष्भित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्दैछ ।

तपाईंको मत