दार्चुलामा आज बिहान मिनिबस दुर्घटना हुदाँ १७ जना घाइते

दार्चुला  मंसिर ७ :  दार्चुलामा आज बिहान मिनिबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।   मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर गएको बस आज विहान पौने पाँच बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ  । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकोे छ ।  त्यस्तैगरि डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।   दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको छ ।  घाइते मध्ये गम्भीर अवस्थाका ११ जनालाई कैलाली रिफर गरिएको छ भने अन्य १५ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।  गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।

तपाईंको मत