अफगानिस्तानमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु , ३३ जना घाइते

काठमाडौं मंसिर८ : अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।  मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु गएका बेला सैनिक रहेको स्थानमा आक्रमण भएको जनाईएको छ  । यसअघि राजधानी काबुलमा तीन दिन अघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।

तपाईंको मत