शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो चरणका अन्तिम दुई खेल आज हुँदै, पहिलो खेल विहान ११ बजे सुरु हुने

काठमाडौं  मंसिर८ : शहीद स्मारक ए डिभिजन लिगमा  तेस्रो चरणका अन्तिम दुई खेल आज हुँदै छन् ।  पहिलो खेल विहान ११ बजे  सुरु हुने छ ।   उक्त खेलमा फ्रेन्ड्स क्लब र सरस्वतीक्लब आमने सामने हुने छन्।  फ्रेन्ड्स क्लब थ्री स्टार क्लबसँग २–१ ले र टोली एपीएफसँग १–० गोलले पराजित भएको थियो। यस्तै सरस्वती क्लब पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १–० ले पराजित भएको थियो।  आज नै हुने अर्को खेलमा जावलाखेल युथ क्लब र हिमालय शेर्पा्बिच खेल हुने छ । हिमालय शेर्पाले एक खेलमा जित र एक खेलमा बराबरी गर्दै चार अंक बटुलेको छ भने जावलाखेल क्लब दुवै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेको छ ।

तपाईंको मत