धनकुटा इङलीस बोडीङ स्कुल को नबौ बार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न

धनकुटा मंसिर८ :   धनकुटा इङलीस बोडीङ स्कुल धनकुटाले आफ्नो नबौ बार्षिक उत्सव तथा अविभावक दिवस विविध कार्यक्रम गरी भब्यताका साथ मनाएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई धकुटाका प्रमुख राम बहादुर थापाले धनकुटा इङलिस स्कुलले गरेका हरेक क्रियाकलापहरु उत्कृष्ट रहेको हुदा यसलाई कायम राख्न शुभकामना दिनुभयो । उहाले प्रत्येक एसइइ परिक्षामा उत्कृष्टता हासील गरेको विद्यालयले अबका दिनमा पनि उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजन पौडेलले विद्यालयको प्रगती, वर्तमान अवस्था र भावि रणनितिको विषयमा जानकारी गराउनु भएको थियो । विद्यालयका विभिन्न कक्षामा अध्यानरत विद्यार्थीहरुले सास्कृतीक कार्यक्रममा सहभागिता जनाएका थिए ।

तपाईंको मत