पुस २१ गतेबाट माघ ७ गतेसम्म इनरूवामा पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

सुनसरि  मंसिर ११ : इनरूवामा पहिलो पटक एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । शान्ति दीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको आयोजनामा  प्रतियोगिता पुस २१ गतेबाट माघ ७ गतेसम्म हुने छ । जसमा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेताले ४ लाख १ हजार , उपविजेताले २ लाख १ हजार र  सेमिफाइनलमा पुग्ने टोलीले २५–२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।  उत्कृष्ट खेलाडीले ५१ हजार र विधागत रूपमा उत्कृट हुने बलर र ब्याट्सम्यानले २० हजार १ सय रूपैयाँ प्राप्त गर्नेछन । त्यस्तै फेयर प्ले टिमले १५ हजार रूपैयाँ प्राप्त गर्नेछ  

तपाईंको मत