नेकपाको सचिवालय बैठक आज बस्ने

काठमाडौ  मंसिर ११ ः  नेकपाको सचिवालय बैठक आज बस्ने भएको  छ । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सोमबार बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले आज सम्मका लागि स्तकीत  गरिएको थियो । सोमबारको बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची, पार्टी, संसद तथा सरकारको समीक्षा, केन्द्रीय सदस्यको कार्य्विभाजन लगायत विषयमा छलफल गर्ने कार्यसूचीमा उल्लेख थियो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

तपाईंको मत