पाख्रिबास सञ्चार गृहका लागी चैनपुर काफल डाँडामा निशुल्क जमिन प्राप्त

 मंसिर १४ शुक्रबार : पाख्रिबास सञ्चार गृहका लागी चैनपुर १० काफल डाँडामा करिब साढे ३ रोपनी जमिन निशुल्क प्राप्त भएको छ । काफल डाँडाका स्थानिय नर बहादुर  तामाङ्ले सञ्चार गृहलाई एफ.एम सञ्चालनका लागी जमिन उपलब्ध गराउनुभएको हो । जग्गा दाता तामाङ्ले २ बर्ष भित्र त्यहाँबाट एफ.एम सञ्चालन गर्ने संस्थाको माग बमोजीम पारिवारिक सल्लाह गरेर जमिन उपलब्ध गराउनुभएको हो  । मंसिर १३ गते बिहिबार गाउँका भद्र भलादमी वडा कार्यलयका अध्यक्ष तेजबहादुर कटुवालसहितको उपस्थितिमा वडाको सिफारिस बमोजिम मालपोत कार्यलय चैनपुरमा पाख्रिबास सञ्चार गृह प्रालीलाई राजिनाम पास गरेर जग्गा उपलब्ध गराईएको प्रा.लि. की सञ्चालक सदस्य यमुना गुरगाँईले पाख्रिबास एफ.एम. लाई जानकारि दिनुभएको छ । 

तपाईंको मत