करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु

काठमाडौं मंसिर १७  :  विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु सम्मेलन पोल्यान्डमा सुरु भएको छ । वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको बेलामा  छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् ।  जलवायु परिवर्तनका कारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो, उष्णवायु, आँधी, तूफान साथै सामुद्रिक सतहको वृद्धिजस्ता समस्या विकराल रूपमा देखिएका छन् ।

तपाईंको मत