भोजपुर मा आँखा शिविर सम्पन्न

 भोजपुर जिल्लाको पुरानो डबलीमा सञ्चालान गरिएको आँखा शिविरबाट ८४७ जनाले सेवा लिएका  छन् । शिविरमा  ७५० जनाको आँखा परीक्षण र ९७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुले जनाएको छ ।   शिविर आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोग र नेपाल नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा  ३ दिनसम्म सञ्चालन भएको थियो  ।
 

तपाईंको मत