संखुवासभा मा भएको आँखा र कानको उपचार शिविरमा १ हजार ३ सय ९३ जना लाभान्वित

 चिचिला गाउँपालिका र तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको संयुक्त आयोजनामा  चिचिला गाउँपालिकामा सञ्चालित आँखा र कानको उपचार शिविरमा १ हजार ३ सय ९३ जना लाभान्वित भएका छन् ।  चिचिला गाउँपालिकाका पाँच वटै वडामा सञ्चालित शिविरमा  चार सय ९३ जना र आठ विद्यालयका ९ सय जनाको चेकचाँज गरिएको थियो   । चेकजाँचको क्रममा ३० जनाको मोतियाविन्दुको अप्रेसन गरिएको  छ भने १२ जनाको कानको जालीमा प्वाल परेको पाइएको तेजरत्न आखाँ तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभएको छ । शिविरमा  ३५ जना विद्यार्थीहरुलाई निशुल्क चश्मा प्रदान गरिएको र अरु तीन सय जनालाई निशुल्क चश्मा वितरण गरिएको  थियो।  

तपाईंको मत