फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा

काठमाडौं :  फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  उनले वर्तमान संकट समाधानको प्रस्ताव घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो माइरेले देशमा भइरहेको महंगीविरुद्धको प्रदर्शनले अर्थतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।   फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा परेको छ ।  दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएर सार्वजनिक सम्पत्ति र सवारी साधनमा तोडफोड गरेका छन् । चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ । प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको छ ।  प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् । यसैबीच फ्रान्स सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेको छ ।
 

तपाईंको मत